ताजा समाचार

निजामती कर्मचारीले बाँकेमा यसरी मनाए होली

नेपालगन्ज । निजामती कर्मचारीहरुले साेमबार सामुहिक रुपमा होलि पर्व मनाएका छन् ।                                            नेपाल निजामती कर्मचारी संगठन, बाँकेले आयोजना गरेको सदभावपूर्ण होलि मिलन एवं शुभकामना आदान प्रदान कार्यक्रममा बाँके जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत निजामती कर्मचारीहरुको सहभागिता रहेको थियो ।

एउटै सेवा र क्षेत्रमा रहेर काम गर्ने कर्मचारीहरु बीच आपसी सदभाव एवं समन्वयको विकास गरि पेशागत एकता कायम गर्नुको साथै सेवा प्रवाहलाई समेत प्रभावकारी बनाउने सम्बन्धमा आपसी छलफल, समन्वय र सदभाव आवश्यक हुने भएकोले सार्वजनिक बिदाको दिनको उपयोग गरि यस प्रकारको कार्यक्रम आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन, बाँकेका सचिव देवीलाल चौलागाईंले जानकारीी दिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पुर्व केन्द्रिय अध्यक्ष मोहन घिमिरे, केन्द्रिय उपाध्यक्ष याम ब. खत्री, लुम्बिनी प्रदेश कोषाध्यक्ष बाबुराम बस्याल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन – बाँकेका अध्यक्ष कृष्ण कुमार थापा र सचिव चिरञ्जीवी पाण्डे लगायतले शुभकामना मन्तव्य राख्दै निजामती कर्मचारीहरुको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने र कर्मचारीहरुले इमान्दारिताका साथ सेवा प्रवाहमा लाग्नु पर्ने कुरामा जोड दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org