ताजा समाचार

पार्टी कार्यालय खोज्दै माधव नेपाल समूह

काठमाडाैँ । नेकपा (एमाले) बाट ६ महिनाका लागि निलम्बित भएपछि वरिष्ठ नेता माधव नेपाल समूह नयाँ पार्टी कार्यालयको खोजीमा जुटेको छ ।

राजधानीमा आफूनिकट युवा संघको कार्यालय उद्घाटन गर्दै नेता नेपालले आफूहरूसमेत नयाँ पार्टी कार्यालयको खोजीमा रहेको बताएका हुन् ।

निलम्बनपछि खनाल-नेपाल समूह समानन्तर कमिटी चलाउने निर्णयसहित अघि बढेको छ । १७ चैतमा सो समूहको स्थायी कमिटी बैठकले समानन्तर रुपमा अघि बढ्ने निर्णय गरेको थियो ।

नेता नेपालले कम्युनिस्ट आन्दोलनको विर्सजन रोक्नका निम्ति समानन्तर ढंगले सशक्त रुपमा अघि बढ्न जरुरी रहेको बताए । ‘कम्युनिष्ट आन्दोलनको विसर्जन रोक्नका निम्ति सशक्त रुपमा अघि बढ्न जरुरी छ । पार्टीका जनवर्गीय संगठनलाई पार्टी पुनर्गठनको अभियानमा लाग्न म अनुरोध गर्दछु,’ नेता नेपालले भने ।

नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीविरोधी गतिविधिमा केन्द्रित रहेको र स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नदिएको भन्दै अध्यक्ष केपी ओलीले १६ चैतमा ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org