ताजा समाचार

एमाले खनाल-नेपाल पक्षले कास्कीमा बनायो समानान्तर जिल्ला कमिटी, धनराज बने अध्यक्ष

काठमाडाैँ । नेकपा एमाले (माधव नेपाल-झलनाथ खनाल) पक्षले कास्कीमा पार्टीको समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

नेता नेपाल र गण्डकी प्रदेश इञ्चार्ज सुरेन्द्र पाण्डेको उपस्थितिमा धनराज आचार्यको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको नेपालपक्षीय नेता चूडामणि जंगलीले जानकारी दिए ।

धनराज पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारीका सहपाठी एवं रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

रवीन्द्रपत्नी विद्या भट्टराई प्रतिनिधि सभाको उपचुनावमा उम्मेदवार बन्दा आचार्य उनको चुनावी कमाण्डर थिए । सांसद भट्टराई भने अहिले ओली पक्षमा खुलेकी छन् ।

७५ सदस्यीय जिल्ला कमिटीको सचिवमा होमबहादुर नेपाली चयन भएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेपछि खनाल-नेपाल पक्षले जिल्ला तहमा पहिलोपटक समानान्तर कमिटी गठन गरेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org