ताजा समाचार

प्रचण्डको निवेदनमा पुनरावलोकन अनुमति नदिने सर्वोच्चको फैसला

काठमाडाैं । सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवेदनमा पुनरावलोकन अनुमति नदिने फैसला गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको इजलासले पुनरावलोकन निवेदनलाई अनुमति नदिने निर्णय गरेको हो । राणाको नेतृत्वमा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको इजलासले यस्तो निर्णय गरेको हो ।

नेकपा नाम विवादमा सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले गएको फागुन २३ गते ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै एमाले माओवादी ब्यूँताइदिएको थियो भने, दुई पार्टीको एकता समेत बदर गरिदिएको थियो ।

सोहि फैसलाविरुद्ध प्रचण्ड पुनरावलोकनका लागि चैत्र १७ गते सर्वोच्च पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org