ताजा समाचार

पहिले प्रधानमन्त्री रहेको कार्यालयमा अब गृह मन्त्रालय

काठमाडाैँ ।वैशाख १ देखि सर्दैछ गृह मन्त्रालय, मन्त्री थापाद्वार नयाँ भवनको निरीक्षण वैशाख १ देखि गृह मन्त्रालय सर्ने भएको छ । यसअघि प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्ने भएको हो ।

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय सर्न लागेको भवनको आज निरीक्षण गरेका छन् ।

१२ वैशाख २०७२ मा भूकम्पका कारण सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

डेढ महिनाअघि सिंहदरबारको पूर्वी भवनको पुनर्निमार्ण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै भवनमा सरेको थियो । अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृहमन्त्रालय सर्न लागेको हो ।

हाल गृहमन्त्रालय रहेको केही भवनहरू पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org