ताजा समाचार

राष्ट्रपति भण्डारी झलनाथ खनालाई भेट्न डल्लुस्थित निवास जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालाई भेट्न आज उनको डल्लुस्थित निवास जाँदै छिन् । राष्ट्रपति र खनालबीचको भेटमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सामान्यतया राष्ट्रपति कुनै नेतालाई भेट्न जानु शिष्टाचारबाहिरको विषय हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org