तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्दैनौं : बास्तोला
काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्ने कुरामा सचेत रहेको बताएका छन् ।
‘यो संसदीय राजनीतिक प्रणालीले निकास नदिने निश्चित छ,’ उनले भने,‘देशमा जुनखाले विध्वंस छ, राजनीतिक, आर्थिक सामाजिक अस्थिरता छ, यो हाम्रो उपस्थिति नभएकाले होइन, संसदीय व्यवस्थाको कारणले हो ।’ सबै मिलेर संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने उनले बताए ।
गोरखा सदरमुकाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको माग अनुसारको एजेन्डा स्थापित हुने बताए । ‘प्रचण्डले संसदीय व्यवस्थालाई उपयोग गर्दै क्रान्तिमा जाने कुरा गर्नुभयो, हामीले उपयोगको कुरा पनि गरेका छैनौं,’ उनले भने,‘यस्तो कुरा लेनिनको पालामा थियो, अहिले औचित्य सकिएको छ ।’ संसदीय पार्टीहरुको संघर्ष अहिले पनि चलिहरेको उनले बताए । संसद्वादी पार्टीको छलफल र बहस सुन्दा संसदीय दुस्चक्रको घेरा तोड्ने कुरा नसुनिएको बास्तोलाले बताए । ‘संसद् विघटन एकपकट भइसकेको छ, फेरि अर्को पटक अनिवार्यजस्तो देखिन्छ,’ उनले भने,‘उहाँहरुको संसदीय प्रणालीको यहींभित्र घुम्ने कुरामात्र छ, नयाँ प्रकारको समाधान र निकास दिने कुनै पनि तरिका छैन ।’
सम्मुन्नत प्रकारको राजनीतिक प्रणालीमा जानुपर्नेमा उनले जोड दिए । ‘यदि यो प्रणालीलाई सहज तरिकाले राजनीतिक पार्टीहरुले स्वीकार गर्न नसक्ने अवस्था हो भने फैसला गर्न नेपाली जनतालाई दिनुपर्छ, कुन तरिकाले फैसला गर्ने त भन्दा जनमतसंग्रहको प्रक्रियाबाट गरौं,’ उनले भने, ‘कस्तो प्रकारको राजनीतिक प्रणाली देशलाई चाहिन्छ त्यसको प्रचार सबैले गरुन्, संसद्वादी पार्टीहरुले अहिलेको दलाल पुँजीवादको कुरा गरुन्, हामी वैज्ञानिक समाजवादको कुरा लिएर जान्छौं, रोज्ने अधिकार जनतालाई दिउँ, एकचोटी होइन निरन्तर यो प्रक्रिया चलाउँ किनकि परिवर्तन जरुरी हुन्छ ।’
प्रतिबन्ध फुकुवापछि पार्टीका नेता कार्यकर्ता रिहाई र मुद्दाहरु खारेजीको प्रक्रिया चलिरहेको उनले बताए ।
Comments
अरु समाचार
-
महेश बस्नेतविरुद्ध दिइएको उजुरीमा प्रमाण नपुगेको प्रहरीको राय
काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीमा प्रमाण अपुग भएको प्रहरीले निष्कर्ष निकालेको छ ।...
-
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताउनुभएको छ । ‘समुदायमा कांग्रेस संवाद...
-
महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परिक्षकमा तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार भएको सुनवाइपछि समितिले रायलाई अनुमोदन...
-
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् ।...
-
अर्थमन्त्री पुन वासिङ्टन डीसीमा
काठमाडाैं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व...
-
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता झलनाथबीच भेट
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालबीच भेटवार्ता...
-
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे बस्ने...
-
आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछन्। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे...
-
नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् । नागढुङ्गा...