ताजा समाचार

गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशको चालु अधिवेसन अन्त्य भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गरेका हुन् ।

आफ्नाविरुद्ध संसदमा अविश्वास प्रस्ताव आउने तयारी भएपछि मुख्यमन्त्री गुरुङले मध्यराति नै संसद अधिवेशन नै अन्त्य गरिदिएका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पाेखरेलले जानकारी दिए ।

चालु संसद अधिवेशन अन्त्य गरिएपनि बजेट अधिवेशन नजिकै भएकाले मुख्यमन्त्री गुरुङलाई सहज वातावरण भने छैन् ।

गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो । ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org