ताजा समाचार

प्रतिनिधि सभाको अधिवेशन अन्त्य

काठमाडाैं । प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्ले हिउदे अधिवेशन अन्त्यका लागि गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सभामुखलाई पत्र पठाएर अधिवेशन अन्त्य गरिएको जानकारी दिएकी छिन् । राष्ट्रपतिले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८\०१\६ को सिफारिशमा प्रतिनिधि सभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १ः०० बजेदेखि अन्त्य गरेको छु।’

यसअघि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । अब बजेट अधिवेशनको समय हुन लागेकोले चालू अधिवेशन अन्त्य गर्नुपरेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org