ताजा समाचार

लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते आह्वान

काठमाडाैँ। लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराएका थिए । त्यसलगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए ।

लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

उक्त अविश्वासको प्रस्तावको टुंगो लगाउन प्रदेश प्रमुखले वैशाख १९ गते विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भइसकेको र सभामुखसँगको छलफलपछि सूचना प्रकाशित गरिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org