ताजा समाचार

संघीय संसदका महासचिव गौतमलाई कोरोना संक्रमण

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ ।

महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

यस्तै, संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ ।

मंगलबार स्वाब दिएको र मंगलबार नै रिपोर्ट पोजेटिभ आएको सांसद कायस्थले जानकारी दिइन् । अस्पताल गइहाल्नुपर्ने अवस्था नरहेकोले घरमा छुट्टै बसेर औषधि खाइरहेको उनले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org