ताजा समाचार

अस्पतालबाट जनमोर्चा सांसद खिमविक्रम शाहीको सन्देश–अविश्वासको प्रस्तावको पक्षमा अडिग छु

काठमाडाैं। बुधबार गण्डकी प्रदेश सभामा उपस्थित नभई अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले अविश्वास प्रस्तावको पक्षमा प्रतिवद्ध रहेको जनाएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै शाहीले उनीमाथि उठेका आशंका निवारण गर्ने प्रयास गरेका छन्। ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ’, उनले विज्ञप्तिमा भनेका छन्।

अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची तय भएको बुधबारको दिन संसद् जाने तयारी गर्दैगर्दा बिरामी भएको उनले जानकारी गराएका छन्। अस्पताल जाने क्रममा बेहोस भएको जानकारी गराउँदै उनले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्।

बागलुङ क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचित सांसद शाहीले समाचार र सामाजिक सन्जालमा प्रचार भएका भ्रमपूर्ण खबरका आधारमा धारणा नबनाउन आग्रह गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org