ताजा समाचार

कास्कीका सिडिओ माथि खनिएका राष्ट्रिय जनमोर्चाका नेता बराल भन्छन: आत्मालोचना गर्न चाहान्छु

काठमाडाै । कास्कीका सिडिओ माथि खनिएका राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले आत्मालोचना गरेका छन ।
अस्पतालमा उपचारत आफ्ना पार्टिका प्रदेश सांसद खिम विक्रम शाहिलाइ भेट्न नपाएको भन्दै सिडियो माथि आक्रोश पोखेकोमा अध्यक्ष बरालले आत्मालोचना गरेका हुन ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गरुङ्विरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने समयमा सांसद शाहि उपस्थित नभएपछि जनमोर्चाकै सांसदको प्रस्तावमा सदन स्थगित भएको थियो ।

अस्पतालमा उपचारत सांसद शाहिलाइ भेट्न पुग्दा पार्टि नेता बरालले भेट्न नपाएपछि सिडियोमाथि अमर्यादित शब्द प्रयोग गरेका नेता बरालले आत्मालोचना गरे ।
सञ्चारकर्मीसंग कुरा गर्दै नेता बरालले भने: आक्रोसको बेला मैले सिडियोमाथि अमर्यादित शब्द बोले आत्मालोचना गर्न चाहान्छु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org