ताजा समाचार

राजनीतिक रुपमा पीडित रहेकाले तटस्थ बस्ने निर्णय गर्‍यौं: महन्थ ठाकुर

काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरू राजनीतिक रुपमा पीडित रहेकाले तटस्थ बस्ने निर्णयमा पुगेको बताएका छन् ।

सोमबार सदनमा विश्वासको मतको प्रस्तावबारेको छलफलमा बोल्दै उनले आफूहरू लोकतन्त्रपछि पनि राजनीतिक रुपमा पीडित रहेकाले पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने बताएका हुन् ।

उनले संविधान शंसोधन गर्न माग राखेका छन् । संविधानका प्रावधान सच्चाइए आफूहरूले पनि अपनत्व महसुस गर्ने उनको भनाइ  थियो । ‘यो संविधानले भनिरहेको छ कि संशोधन जरुरी छ । अन्यथा यस्ता राजनीतिक संकट आइरहन्छ,’ उनले भने ।

ठाकुरले राजनीतिक आन्दोलनमा सहभागी जसापका नेता कार्यकर्ताले सजाय भोगिरहेकाले रिहाइको माग गरेका छन् । प्रधानमन्त्री केपी ओलीले केही कार्यकर्तालाई रिहा गरे पनि सबैलाई मुक्त गरिनुपर्ने माग उनले गरे ।

अध्यक्ष ठाकुरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधन श्रोतको  उच्चतम प्रयोग गर्दै महामारी नियन्त्रण गर्नुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org