प्रधानमन्त्री ओलीको विपक्षमा भोट हालौँ, नयाँ इतिहास बन्छ : प्रचण्ड
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको बहुमत प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण भत्किएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले ओलीजीको अहंकारले आज मुलुक यो हालतमा आइपुगेको धारणा राखे।
प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार ओलीसँग नभएको दाबी गरे। प्रचण्डले विश्वासको मत लिने प्रधानमन्त्रीको कदम नाटक मात्रै भएको टिप्पणी गरे । उनले लोकतान्त्रिक संस्था, पद्धति, परम्परा र विधिलाई छलेर अरु नै केही गर्न खोजेको हो कि भन्ने आशंका उब्जिएको बताए।
ओलीले संसदलाई सरकारले अपमान र उपेक्षा गरेको उनले प्रतिक्रिया दिए। प्रचण्डले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोप लगाए । उनले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ प्रधानमन्त्रीले विश्वासको मत मागेको होइन भन्ने आशंका भएको बताए।
‘यो सदनले विश्वासको मत दिँदैन।’उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन।’
उनले धेरै प्रतिकुलताकाबीच वाम गठबन्धन भएको, कम्युनिष्ट पार्टीको एकता भएको दाबी गरे। उनले भने, ‘गठबन्धनको प्रस्ताव लिएर जाने म नै हो। उहाँलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने पनि म मै हो र सरकरका गतिविधिले संविधानलाई पनि कोरोना लागे जस्तो भयो। आइसियुमा लागेर जस्तो स्थिति आएको छ ।’
आफूले डेढ वर्ष अगाडिबाट नै सर्वदलीय संयन्त्र बनाउन आग्रह गरेको बताउँदै प्रचण्डले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन आह्वान गरे।
‘आज प्रधानमन्त्रीले राखेको विस्वासको मतको विपक्षमा प्रधानमन्त्री सबैले पक्षमा हालौं भन्नुभयो’ उनले अन्तिममा भने, ‘म चाहिँ प्रधानमन्त्रीजीबाहेक सबैले प्रधानमन्त्रीको विपक्षमा भोट हालौँ नयाँ इतिहास बन्छ।’
Comments
अरु समाचार
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको...
-
‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु...
-
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...