ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडाै । वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानुनी पक्षहरूबारे छलफल हुने जनाइएको छ ।

कोरोना संक्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्याकालका लागि गत ३० वैशाखमा नियुक्त गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org