ताजा समाचार

एमाले विवाद समाधान कार्यदलको छलफल आज पनि अनिश्चित

काठमाडौं । एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल मङ्गलबार पनि अनिश्चित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार छलफल हुँदा तीन दिनभित्र विवाद समाधान गर्नेगरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको बताइएको थियो ।

तर, नेताहरूको व्यवस्ताले सोमबार बैठक बस्न नसकेको र मङ्गलबार पनि सम्भावना टाढिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

“हामी अनौपचारिक छलफलमा त छौँ । तर, बैठक बस्न सकिएको छैन । आज पनि शङ्कर पोखरेल दाङ जानु भएकाले बैठकको सम्भावना देखिएको छैन,” प्रधानमन्त्री ओलीका तर्फबाट वार्ता टोलीका संयोजकसमेत रहेका नेम्वाङले भने ।

उनले अब बसेपछि एकैपटक टुङ्ग्याएर मात्रै उठ्ने तयारी रहेको पनि बताए । पार्टी नेता झलनाथ खनाल र माधवकुमार नेपालले २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राखिरहेका छन् ।

प्रधानमन्त्री ओलीनिकट नेताहरू भने जेठ २ बाट परिस्थिति निकै अघि बढिसकेकाले त्यहाँ पुग्न कठिन हुने बताइरहेका छन् । विवादकै बीच वाग्मती प्रदेशका राष्ट्रियसभा सदस्यको रिक्त स्थानका लागि उपचुनाव हुँदैछ । चुनावमा एमाले भर्सेस एमाले मैदानमा हुने अवस्था बनेको छ । अहिले मैदानमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धन (काङ्ग्रेस, माओवादी केन्द्र र जसपासमेत)का तर्फबाट विकेन्द्रीकरणविद् डा. खिमलाल देवकोटा उम्मेदवार छन् । देवकोटा नेता नेपालनिकट हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org