ताजा समाचार

महन्थ र उपेन्द्रको संयुक्त वक्तव्य: तत्काल सरकारमा नजाने, आफैले नेतृत्व गर्न पाए अघि बढ्ने (वक्तव्यसहित)

काठमाडौं । विभाजनको डिलमा पुगेको जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् ।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।         

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org