ताजा समाचार

जसपा दलको नेता महतो भएको जानकारी संसद् सचिवालयलाई

काठमाडाै । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको औपचारिक जानकारी संसद् सचिवालयलाई गराएका छन् ।

अध्यक्ष ठाकुरले पत्र पठाउँदै संसदीय दलको विधान २०७७ अनुसार महतोलाई संसदीय दलको नेता चयन गरिएको जानकारी सचिवालयलाई गराएका हुन् । २७ वैशाखमा ठाकुर पक्षका बहुमत सदस्यले महतोलाई संसदीय दलको नेतामा चयन गरेका थिए ।         

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org