ताजा समाचार

माधव नेपालको सचिवालयले भन्यो- बादललाई समर्थन छैन, मतदाताले स्वविवेक प्रयोग गरुन्

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको छ ।  माधव नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताएका छन् ।

गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org