ताजा समाचार

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरेलले  बैठक बोलाएका हुन्।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे २ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा माधव नेपाल समूहसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ।

त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org