ताजा समाचार

७ मन्त्रीको बदरको माग गर्दै दायर भएको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौं । सात जना मन्त्रीको नियुक्ती बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

संघिय सांसद नरहेका मन्त्रीको नियुक्ती बदर गर्दै दायर भएका दुई रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ।

अधिवक्ता कविलदेव ढकाल र विराज थापाले सांसद् नरहेका व्यक्तिको नियुक्ति तत्काल बदरको माग गर्दै हिजो सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

संविधानको धारा ७८ सांसद नभएका व्यक्तिलाई एक-पटकको लागि मन्त्री हुने अवसर दिइए पनि पटक पटक मन्त्री बन्ने अवसर नभएको उनीहरुको माग दावी छ।

माओवादीबाट एमाले प्रवेश गरेका कारण माओवादीले सांसदबाट हटाएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरी शंकर चौधरीले दोहोर्याएर मन्त्रीको शपथ लिएका थिए।  सांसद नै नरहेका मणि थापा र दावा लामाले पनि दोहोर्याएर शपथ लिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org