ताजा समाचार

धारा ७६ (५) को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् ।

बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको छ र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया सुरु हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org