ताजा समाचार

जसपाको ठाकुर-महतो पक्षले बोलायो संसदीय दलको बैठक, सरकार गठनबारे छलफल हुने

काठमाडाै । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतोले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान बस्ने छ ।

नयाँ सरकार गठनका विषयमा छलफलका लागि बैठक बोलाइएको जनाइएको छ ।

जसपामा ठाकुर र महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दावी गर्दै आएको छ । सो समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ ।

जसपामा ठाकुर र महतो ओलीप्रति नरम देखिँदै आएको छ । आज बस्ने बैठकमा सरकार निर्माणबारे छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org