ताजा समाचार

महन्थ ठाकुर भन्छन् : हामी निकास दिन्छौं

काठमाडाै । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशलाई राजनीति रुपमा निकास दिनका लागि पार्टीमा छलफल भइरहेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिपछि राजनीतिक अवस्था फेरिएको र अब त्यसलाई कसरी निकास दिने विषयमा आफ्नो पार्टीमा छलफल भइरहेको प्रतिकृया दिएका हुन् ।

सिंहदरबारमा आफू पक्षीय सांसदको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष ठाकुरले पत्रकारलाई सानो प्रतिकृया दिँदै भने, ‘पार्टीमा छलफल भएपछि ठोस कुरा भन्न सकिन्छ, आजै उपेन्द्र यादवसँग पनि छलफल हुँदैछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org