ताजा समाचार

देउवासँग छलफल गर्न प्रचण्ड बूढानीलकण्ठमा

काठमाडाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । नेपाली काँग्रेसको पदाधिकारी बैठक लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्ड र देउवाबीच आगामी कदमका लागि छलफल हुनेछ । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।                                                                                     यता नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले यस्तो निष्कर्ष निकालेको हो ।  शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले सो निष्कर्ष निकालेको सहायक महामन्त्री सुनील थापाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org