ताजा समाचार

जसपा संसदीय दलको निष्कर्ष : प्रधानमन्त्रीमा दाबी नगर्ने, ओलीको निरन्तरतामा लचिलो हुने

काठमाडाै । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहले आफूहरू प्रधानमन्त्रीको दौडमा नरहेको प्रस्ट पारेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता राजेन्द्र महतोले जसपा आफ्नो माग सम्बोधन गर्ने दौडमा रहेको भन्दै प्रधानमन्त्रीमा दाबी नगर्ने बताएका हुन् ।

उनले घुमाउरो शैलीमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्ने बताए । ओली सरकारले संविधान संशोधन र नागरिकता सम्बन्धी कानुन ल्याउन तयार बन्दै आफूहरूको माग सम्बोधन गर्न लागेकाले माग सम्बोधन गर्ने सन्दर्भमै जसपा केन्द्रित हुने उनले बताए ।

‘‌ओली सरकार संविधान संशोधन र नागरिकतासम्बन्धी अध्यादेश ल्याउन तयार भएको छ । हाम्रा साथीहरूलाई रिहा गर्न पनि तयार छ । अहिले जसपा पदका लागि भन्दा पनि आफ्ना माग सम्बोधन गर्ने सवालमा केन्द्रित हुन्छ,’ महतोले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि साँझ ५ बजेसम्म दिएकी छिन् । त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने दलले बहुमतको आधार प्रस्ताव गर्दै प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org