ताजा समाचार

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनको गृहकार्य गर्नका लागि पाँच सदस्यीय कार्यदल बनेको बताएका छन् । आज आफू पक्षीय संसदीय दलको बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै कार्यदलमा आफूहरूकातर्फबाट नेताहरु लक्ष्मण लाल कर्ण र सवेन्द्रनाथ शुक्ल रहेको उनले बताए । कार्यदलमा सरकार पक्षबाट तीन जना छन् ।

उनले सरकार गठनका विषयमा आफूहरु अझै तटस्थ नै बस्ने पनि बताए ।

“हामी तटस्थ बस्दै आएका छौं । अहिले पनि त्यही छ । तर, हामी उनको विरोधमा छैनौं । फ्रेन्डली सम्बन्ध सबै पार्टीसँग छ । प्रधानमन्त्रीसँग पनि छ,” उनले भने ।
आफूहरु प्रष्ट रहेको उनले जिकिर गरे । सर्वदलीय बैठकका लागि आफूहरुलाई जानकारी नभएको पनि बताए ।

संसदीय दलका नेता राजेन्द्र महतोले कुर्सीका कारण देश र जनता वर्वाद भइरहेकाले आफूहरु कुर्सीको दौडमा नरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org