ताजा समाचार

‘ह्वीप अवज्ञा गर्ने र लोकतन्त्रको हुर्मत लिने काम भयो’: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ह्वीप अवज्ञा गर्ने र लोकतन्त्रको हुर्मत लिने काम भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा घिनलाग्दो चक्रव्यूह बनेको बताएका हुन् ।

‘विश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा घिनलाग्दो चक्रव्यूह बन्यो, दलभित्रैबाट समेत २७ जना मान्छे लोकतान्त्रिक अभ्यासविपरीत अरु दलसँग मिल्ने गरी गरिएको प्रयास नैतिक हुनसक्छ ? त्यहाँसम्मका प्रयास भए’, उनले भने,’ह्वीप अवज्ञा गर्ने र लोकतन्त्रको हुर्मत लिने काम भयो । जेठ १५ मा बजेट आउनैपर्छ । यसका लागि समयको चापले मार्ग प्रशस्त गरेको छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org