ताजा समाचार

भरपर्दो लागेर राष्ट्रपतिले मलाई नियुक्त गर्नुभयो भने सरकार बनाउनेछु’: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग अहिलेसम्म १२१ मतभार रहेको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सम्पादकहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भरपर्दो लागेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नियुक्त गरे नयाँ सरकार बनाउँने घोषणा गरेका हुन् ।

‘यस्तोमा नि सरकार चलाउन सकिन्छ ?  न कसैले साथ दिन्छ ? न कसैले अविश्वास गरेको छ । यो नन्-कोअपरेटिभ मात्रै होइन, मोर द्यान नन् कोअपरेटिभ छ । मलाई सरकार चलाउन मन छैन । मैले राष्ट्रपतिज्यूलाई भनेँ । उहाँले बाटो खोल्नुभयो’, उनले भने, ‘अहिलेसम्म मसँग १२१ मतभार छ । अलिक सजिलो होला कि भनेर कोसिस गरेको छु । त्यो भरपर्दो आधार लागेर मलाई नियुक्त गर्नुभयो भने सरकार बनाउनेछु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org