ताजा समाचार

धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न सक्छु : ओली

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ५ अनुसार फेरि प्रधानमन्त्री पदमा दाबी गर्ने कोशिश गरिरहेको बताएका छन् ।

बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका हरेक सदस्यलाई बहुमतको आधार प्रस्तुत गर्दै प्रधानमन्त्रीमा दाबी गर्ने अधिकार भएकाले आफूले पनि  प्रयास गर्ने बताए ।

आफूसँग १ सय २१ को मतभार रहेकाले दाबी गर्ने उनको भनाइ छ । ‘म दाबी गर्छु । मसँग १ सय २१ को मतभार छ,’ उनले भने ।

धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीको दाबी राष्ट्रपतिले सही ठहर गरेमा आफू फेरि प्रधानमन्त्रीमा चयन हुने उनको भनाइ छ ।

त्यसपछि आफूले विश्वासको मत लिने र प्राप्त नगरेमा संवैधानिक रुपमै प्रतिनिधिसभा विघटन हुने र त्यसको आरोप आफूमाथि नलाग्ने उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org