ताजा समाचार

सीसीएमसी खारेज, कोरोना नियन्त्रण गर्न प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति

काठमाडौँ । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्णत्र गर्न उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको छ ।

सरकारले बिहीबार जारी गरेको र शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेपछि लागु भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार अब २०७७ साल वैशाख १६ गते मन्त्रिपरिषद्ले गठन गरेको सीसीएमसी र सीसीएमसी निर्देशक समिति कोरोनाको रोकथाम र नियन्त्रण गर्न नयाँ कानुन आएसँगै निष्क्रिय भएको छ ।

कानुन मन्त्री लिलानाथ श्रेष्ठका अनुसार अब कोरोना रोकथाम र नियन्त्रणको लागि सम्पूर्ण काम अध्यादेशअनुसार प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले गर्नेछ । सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न सबैभन्दा पहिले २०७६ सालको अन्त्यमा उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । उक्त समितिको गतिविधि स्वास्थ्य सामग्री खरिदलगायत विवादमा आएपछि पोखरेलकै नेतृत्वमा अन्य नौ मन्त्रीहरु सहितको सीसीएमसी निर्देशक समिति गठन गरिएको थियो । उक्त निर्देशक समितिले पनि काम गर्न नसकेको भन्दै लगातार आलोचना भएपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नयाँ संयन्त्रण गठन गरेको हो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org