ताजा समाचार

माधव नेपाल, भीम रावलसहित ११ सदस्यलाई स्पष्टीकरण सोध्ने एमाले निर्णय

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावलसहित ११ जना  सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

“कतिले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ,” ज्ञवालीले भने, “माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो समर्थन गर्नुस् भनेर हस्ताक्षर गरेका हौँ । शेरबहादुर देउवालाई समर्थन छैन भनेर कतिले भन्नुभएको छ त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हाैँ ।”           लिखित स्पष्टीकरण सोधिएका विघटित संसदका सांसद :

१ःझलनाथ खनाल

२ः माधवकुमार नेपाल

३ः भीमवहादुर रावल

४ः मुकुन्द न्यौपाने

५ः रामकुमारी झाँक्री

६ः सरला यादव

७ः पुष्पाकुमारी कर्ण

८ः कलिला खान

९ः निरादेवी जैरु

१०ः लक्ष्मी कुमारी चौधरी

११ः कल्याणी खड्का

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org