ताजा समाचार

संसद विघटनविरुद्ध विरोधमा उत्रिएका विपक्षी दललाई प्रधानमन्त्रीको आग्रह- कोभिडविरुद्ध लडौँ

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दललाई कोभिड-१९ विरुद्धको लडाइँमा केन्द्रित हुन आग्रह गरेका छन् ।

आइतबार बालुवाटारमा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले गरेको अन्तर्क्रिया संसद विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ सुरु गरेका विपक्षी गठबन्धनलाई उनले महामारीविरुद्ध लड्न आग्रह गरेका हुन् ।

‘यो बेला अरु राजनीतिक झमेल गालीगलौज जस्ता स्थरहीन कुरा गर्ने समय होइन । म राजनीतिक दल, नागरिक समाज सबैलाई आफ्ना लडाइँ कोभिडविरुद्ध केन्द्रित गर्न आग्रह गर्छु,’ उनले भने ।

सरकारले सम्पूर्ण ध्यान महामारी नियन्त्रणमा केन्द्रित गरेको दाबी गर्दै उनले सबैको सहयोग जरुरी रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org