ताजा समाचार

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने तय, शपथको तयारी

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी गरेका हुन्।

‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका छौं। त्यसमा प्रधानमन्त्रीले सहमति जनाइसक्नु भएको छैन। छलफल जारी भएकाले मन्त्रालय र मन्त्रीको दुबै पक्षबाट टुंगो लगाए तत्काल शपथ हुन्छ’ महन्थ–राजेन्द्रपक्षका एक सांसदले भने,‘मन्त्री र मन्त्रालको टुंगो लगाए बिहीबार वा शुक्रबारसम्म शपथ हुन सक्छ।’ तर,राजनीतिक घटनाक्रम छिटोछिटो विकसित भएकाले सोमबार बेलुकासमेत शपथ हुन सक्ने अर्का एक सांसदले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org