ताजा समाचार

प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको काम ‘मान्छे मारेको भन्दा ठूलो अपराध’ हो : भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट ‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’ गरेको बताएका छन् ।

सभामुखसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

“मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो,” उनले भने, “प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने ? शपथको दृष्य भद्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो । राजीनामा नगरी, पदुमक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर  नियतमाथि खोट थियो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org