ताजा समाचार

नेपाली जमिन फिर्ता ल्याइन्छ, भारतसँग गम्भीर कुराकानी भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडाै । प्रधानमन्त्री केपी ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तर्क्रिया गर्दै ओलीले वर्षौँदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउन समय लाग्ने बताए ।

उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र त्यसलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा राखिसकिएको उल्लेख गरे । ती भू-भाग फिर्ता ल्याउन लागि भारतसँग वार्ता भइरहेको बताए ।

‘महाकाली पूर्वको जमिन नेपालको हो । र, हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ । र, त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ,’ ओलीले भने, ‘यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ । तर, यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ ।’

छिमेकीसंग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org