ताजा समाचार

नवनिर्वाचित राष्ट्रियसभा सदस्य देवकोटाले लिए शपथ

काठमाडौँ  । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटोल शपथ लिएका छन् । संघीय संसद सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले देवकोटालाई शपथ खुवाएका हुन् ।

बागमती प्रदेशमा भएको उपचुनावमा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापालाई हराउँदै देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस, माओवादी, एमाले माधव नेपाल पक्ष, जसपाबाट साझा उम्मेद्वार बनेर चुनाव जितेका देवकोटाले संघीयता कार्यान्वयनका लागि राष्ट्रियसभामा आवाज उठाउने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org