ताजा समाचार

आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : प्रधानमन्त्री

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा आवश्यकता परे स्वास्थ्य संकटकाल लगाउन सकिने अध्यादेश ल्याइएको बताए ।  प्रधानमन्त्री  ओलीले अहिले कोरोना संक्रमणको स्थितीमा सुधार आएको जनाए ।  स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सम्पूर्णलाइ उनले आग्रह गरे । भारतबाट लिक्विड अक्सिजन नियमित  आउन थालेको उनले बताएका छन् ।

उनले अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा संचालन गरिएको छ र  विदेशबाट एअरलिफ्ट गरेर अक्सिजन ल्याइएको बताए । उनले मित्र राष्ट्रबाट पर्याप्त मात्रमा भेन्टिलेटर, अक्सिजन, स्वास्थ्य सामग्री भित्रिएको बताउँदै  मित्र राष्ट्रहरुको सहयोगप्रति आभार व्यक्त गरे ।  गाँस कटाएर अक्सिजन पठाउने खाडी राष्टका नेपालीप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले  एनआरएनलाई धन्यवाद दिए ।

कोभिड संकट व्यवस्थापन अध्यादेशले राज्यको सम्पूर्ण शक्ति विरुद्ध परिचालित गर्न सजिलो भएको उनको भनाइ छ । उनले भने ‘वीर अस्पतालाई कोभिड एकीकृत अस्पताल बनाइएको भन्दै उनले आवश्यकताअनुसार स्वास्थ्य संकटकाल लगाउन सकिने व्यव्स्था भएको छ । ४५ निजी अस्पतालसँग निशुल्क उपचारको सम्झौता भएको छ । १ सय ५७ अस्पतालमा कोभिडको उपचार भइरहेको छ । ’

३२ लाख २८ हजार डोजबाट खोप अभियान बढाइएको उनले बताए ।  थप खोपको व्यव्स्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाउने र महामारी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोभिड उपचारमा खटिएका राष्टसेवकमाथि हुने भौतिक आक्रमणलाई सुरक्षाकर्मीकै जस्तो दण्डनीय बनाइने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org