ताजा समाचार

युगान्तकारी संघर्षका महानायक कोइराला, प्रचण्ड र नेपाल हुन् : वामदेव गौतम

काठमाडाै । नेकपा एमालेका नेता वामदेव गौतमले युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल भएको बताएका छन् ।

१४ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै नेता गौतमले  भने ‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजा प्रसाद कोइराला हामीबीच  हुनुहुन्न अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’

नेता गौतमले एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका तीन नेता त्यसको विरुद्धमा रहेको खुलासा गरे । नाम नखुलाइ विभिन्न पार्टीमा आवद्ध तीन नेता गणतन्त्रको विपक्षमा रहेको बताउँदै नेता गौतमले  संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर बैठकमा लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org