ताजा समाचार

ओलीले बोलाए एमाले स्थायी समिति बैठक

काठमाडाै । नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । आइतबार साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

एमाले नेताहरुका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ ।

विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् ।

स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org