ताजा समाचार

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो बालुवाटारमा

काठमाडौं ।   जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

आज बिहान ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनीहरू बालुवाटार पुगेका हुन्। उनीहरूबीच अहिले छलफल भैरहेको बालुवाटार स्रोतले जनाएको छ।

सत्ता सहकार्यलगायतका विषयमा छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेका हुन्।  भेटमा जसपाका बाँकी माग सम्बोधनलगायतका विषयमा पनि छलफल भइरहेको जनाइको छ।  जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने तयारी गरेको छ।

नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि जसपाका धेरै माग सम्बोधन भएका छन्।

जसपामा पार्टी फुटाउने सम्मको अभ्यास भैरहेका बेला उनीहरू सरकारमा सहभागी हुन लागेका हुन्। पार्टीमा एक पक्षले कारवाहीको तयारी समेत भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org