ताजा समाचार

जसपा विवाद उत्कर्षमा : महन्थ पक्षले पनि गर्‍यो उपेन्द्रलाई साधारण सदस्यबाट निष्कासन

काठमाडाै । जसपाकाे महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई कारबाहीकाे जवाफ दिँदै निष्कासन गरेकाे छ ।

मंगलबार बबरमहलस्थित कार्यालयमा बसेकाे बैठकले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेकाे घाेषणा गरेकाे हाे । ठाकुरनिकट नेता सुरेन्द्र झाले शिलापत्रलाई बताएअनुसार पार्टीकाे आधिकारिक पक्ष आफूसँग रहेकाे भन्दै याे निर्णय भएकाे हाे ।

यादवलाई यसबारे जानकारी गराइने उनले जानकारी दिए । आजै मात्र उपेन्द्रले निर्वाचन आयाेगलाई चिठी लेख्दै ठाकुरलगायत चार नेतालाई  निष्कासन गरेकाे जानकारी दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org