ताजा समाचार

पुर्वमन्त्री रोकाको पहलमा जिल्ला अस्पताल रुकुम पूर्वलाई २० सिलिण्डर अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्त्रण

रुकुम पूर्व । नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा पुर्वमन्त्री कमला रोकाको पहलमा जिल्ला अस्पताल रुकुम पूर्वलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । पुर्वमन्त्री रोकाको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको ४० लिटर क्षमताका २० थान अक्सिजन सिलिण्डर, १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर, थर्मोमिटर १० थान, डिजिटल थर्मोमिटर १० थान, थर्मल गन १०, एन ९५ मास्क ५० थान, ५ सय थान सर्जिकल मास्क जिल्ला अस्पताल रुकुम पूर्वका निमित्त मेडिकल सुपरिटेन्डेन्ट गणेश चाैधरीलाई हस्तान्त्रण गरिएको हो ।

यस्तै, ३ कार्टुन स्यानिटाइजर र सर्जिकल मास्क ४० बट्टा  प्राडा. बुलन्द थापाको सहयोगमा उपलब्ध गराइएको रोकाले जानकारी दिइन् ।

जिल्ला अस्पताल रुकुम पूर्वलाई हस्तान्त्रण गरिएका अक्सिजन सिलिण्डरमध्ये सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकालाई ५ वटाका दरले उपलब्ध गराइने रोकाले जनाइन् ।

स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार राई, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबर्द्धन बुढा, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्ल, सुरक्षा निकायका अधिकारी उपस्थित रहेका थिए ।

जिल्ला अस्पताल रुकुम पूर्वलाई हस्तान्त्नरण गरिएका अक्सिजन सिलिण्डर काठमाडाैं मै रिफिल गरेर लगिएको छ । यो भन्दा अगाडी भने सिलिण्डर रिफिल गर्न पोखरा नेपालगञ्जबाट गर्दै आइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org