ताजा समाचार

नैकापमा पर्खाल भत्किँदा दुईजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं । काठमाडौको पुरानो नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको बेलुवा–८ की ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका–९ का २० वर्षीय टेकबहादुर चेपाङ छन् ।

यसैगरी, उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका–२ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बुधबार विहान प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रममा एक्कासी उनीहरुमाथि पर्खाल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org