ताजा समाचार

एकताको प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरियो: गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकर्ण विष्टले आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयासरत रहने बताएका छन् ।

तर केही सञ्चारमाध्यममा आफू अर्को ‘पक्ष’ मा लागेको भन्दै आएका समाचारप्रति आपत्ति जनाएका छन् । योसँगै उनले आफू नेता माधवकुमार नेपाल पक्षमै रहेको सन्देश दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा बिहीबार लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।’

उनले पार्टी र जनसंगठनका सबै तहका कमिटिहरुलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काउनु पर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘कमिटिहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org