ताजा समाचार

मन्त्रिपरिषद बिस्तारको तयारी, प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी अघि बढेको  छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफ्नो सरकारमा सहभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा प्रधानमन्त्री ओली जुटेका हुन।

प्रधानमन्त्री ओलीले बिहीवारको मन्त्रिपरिषद बैठकमै जसपालाई समभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा आफू रहेको र नयाँ अनुहारलाई स्थान दिनुपर्ने अवस्था रहेको भन्दै मन्त्रीबाट हटनु परे चित्त नदुखाउन आग्रह गरेका छन । प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार हुँदा छुटेमा चित्त नदुखाई सघाउन सुझाव दिनुभएको छ, एक मन्त्रीले भने । अहिलेसम्मको सहयोग र उत्कृष्ट कामका लागि प्रधानमन्त्री ओलीले सवै मन्त्रीलाई धन्यवादसमेत दिएको ती मन्त्रीले जानकारी दिए । जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले पार्टीका मुख्य नेताहरुसँग छलफल समेत गरेका छन ।

जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति यसअघि नै भइसकेको छ । सहमतिअनुसार जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन । जसपाले नाम दिएमा आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको छ । संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको छ । सरकारमा सहभागी हुने बिषयमा विहीवार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org