ताजा समाचार

न्यायाधीशद्वय कार्की र भट्टराईलाई अग्नि खरेलको प्रश्न, ‘तपाईंहरूले त्यस्तो बोल्न हुन्थ्यो ?’

काठमाडाै । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिन्न गठित संवैधानिक इजलासमा रहेका यी दुई न्यायाधीश निष्पक्ष हुन नसक्ने तर्क गर्दै उनले प्रश्न गरेका हुन् ।

यसअघि संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशबारे विवाद हुँदा कार्की र भट्टराईले एउटै कुरा गरेकाले शंकास्पद भएको खरेलको दाबी छ । उनले भने, ‘दुवै जनाले एउटै कुरा लेख्नुभएको छ ।  दुवै कागजमा प्रधानन्यायाधीशको हस्ताक्षर छैन । त्यसो भए के हुन् ती कागज ? तिनको कानुनी हैसियत के हो श्रीमान् ? हाम्रो दीपक श्रीमान् र आनन्दमोहन श्रीमान्‌प्रति विश्वास हो । तर, श्रीमान् यहाँ तपाईंहरूले बोलेका कुराले प्रश्न उठ्यो । कार्की र भट्टराई श्रीमान्‌ले यो संरचना रही रहेसम्म हामी इजलासमा बस्दैनौँ भन्नुभयो, यस्तो भन्न हुन्थ्यो र ? प्रश्न नउठेका श्रीमान् आफैँ अगाडि सरेर यसो भन्न हुन्थ्यो र ? हरिकृष्ण कार्कीले लेखेको कुरामा प्रधानन्यायाधीशको हस्ताक्षर थियाे । अहिले के गाह्राे भयाे श्रीमान्‌लाई ?’

१८ जेठमा राणाले कार्की, भट्टराई, श्रेष्ठ र केसीले लेखेको कुरामा हस्ताक्षर गरेका थिएनन्  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org