ताजा समाचार

ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्तसहित २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि उक्त प्रस्तावप्रति छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको आज बैठक बस्ने भएको छ ।

ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी खनाल–नेपाल समूहको छ ।

बैठकको समय भने तय भइनसकेको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

ओलीको प्रस्तावप्रति  खनाल–नेपाल समूहमा मत विभाजित देखिएको छ । योगेश भट्टराईसहितका नेताले प्रधानमन्त्रीको ६ बुँदे प्रस्तावले एकताको वातावरण बनाउने बताइरहेका बेला अष्टलक्ष्मी शाक्यले भने विथोल्ने बताएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org