ताजा समाचार

माधव नेपालसँगको भेटपछि छलफलका लागि देउवा निवास पुगे प्रचण्ड

काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनसँगको छलफललाई तीव्रता दिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीको एकता अपिल रणनीतिक रहेको निष्कर्षमा पुगेका प्रचण्डले विपक्षी गठबन्धनको रणनीति तयार पार्न छलफललाई तीव्रता दिएका हुन् ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छलफल गरेका उनले शेरबहादुर देउवालाई समर्थन जनाउँदै गरेको हस्ताक्षर पार्टी एकताको शर्तमा फिर्ता गर्ने वा नगर्ने भन्ने धारणा माग गरेका थिए ।

जवाफमा नेपालले यो विषय नैतिकतासँग जोडिएकाले हस्ताक्षर फिर्ता नलिने बताएका थिए ।

नेपालसँगको छलफल सकिलगत्तै प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित निवासमा पुगेका छन् ।

अदालतमा विचाराधीन मुद्दा प्रभावित बनाउने उद्देश्यले एकताको शर्तमा हस्ताक्षर फिर्ताको माग पनि ओलीले घुसाएको प्रचण्डको बुझाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org